काठमाडौं । कोरोना महामारीका कारण गत चैत ५ गतेदेखि बन्द रहेको आन्तरिक तथा बाह्य हवाई उडान आगामी भदौं १ गतेबाट खुल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ गतेबाट हवाई उडान सूचारु गर्ने निर्णय गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस -कोभिड–१९_ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैत पाँच गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान र चैत १० गतेबाट आन्तरिक हवाई उडान बन्द गरेको थियो । बैठकले आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन पनि सरोकारवाला निकायलाई निर्देशन दिने भएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




