चितवन ।अबिरल बर्षाका कारण चितवनमा नारायणी नदीले जल सतहको तह पार गरेपछि वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । अविरल बर्षाका कारण नदीले सतर्कता तह पार गरेको नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी दिएको छ ।
निरन्तर बर्षा भएकाले खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आम सर्वसाधारणलाई आग्रह गरेको केन्द्रले जनाएको छ । ८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेबल मान्ने गरिन्छ ।
नारायण नदिको बाढिबाट हुनसक्ने क्षती न्युनिकरण गर्न उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्ने जस्ता काम भइरहेको भट्टराईले बतानुभयो । सम्भावित क्षेत्रमा रहेका रेडक्रसलाई विपत्का समयमा उद्धार र राहतका लागि तयारी रहन आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।




