चितवन। भरतपुर महानगरपालिकाको तेह्रसाल चोकमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न अंकुरम एकेडेमी सञ्चालनमा आएको छ ।भरतपुरमा गरेको पत्रकार सम्मेलन गर्दै अंकुरम एकेडेमीले विद्यालयको शैक्षिक गतिविधिको बारे जानकारी दियो । विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले एकेडेमीले काठमाडौँको रातो बंगला फाउण्डेसनसँग तीन वर्षको लागि शैक्षिक गुणस्तर वृद्धिमा साझेदारी गरेको जानकारी दिए ।
उनकाअनुसार विद्यालयका शिक्षकहरुको तालिम,कक्षाकोठाको सजावटमा रातो बंगला स्कूलले परामर्श रसाझेदारी गर्नेछ । उनले यो वर्ष उक्त स्कूलले विद्यालयका शिक्षकहरुलाई ४८ दिनको तालिम दिने बताए । कला प्रदर्शनीलगायत विद्यालयका शिक्षक, अभिभावक तथा
कर्मचारीहरुको क्षमता अभिवृद्धिमा रातो बंगलाको महत्वपूर्ण भूमिका हुने उनले बताए ।
विद्यालयका प्रिन्सिपल सुमन पौडेलले विद्यालयमा सिकाइसँगै प्रयोगात्मक अभ्यास पनि हुने जानकारी दिए ।“विद्यालयमा भरतपुरमा सुविधा सम्पन्न स्कुल ‘अंकुरम’ सञ्चालनमा कृषि बजार सेड घर हस्तान्तरणः चितवनको राप्ती नगरपालिकामा निर्माण गरिएको कृषि बजार सेड घर नगरपालिका प्रमुख प्रभा बराललाई हस्तान्तरण गर्दै बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा ।
एउटा कक्षा कोठामा कक्षा १ देखि ५ सम्म २४ जना विद्यार्थीहरु हुनेछन् । कक्षा ११, १२ मा भने जम्मा ४० जना विद्यार्थी हुने भएकोले शिक्षकले विद्यार्थीलाई प्रशस्त समय दिने अवसर पाउनेछन् ।विद्यार्थीको सिर्जनात्मक विकासमा शिक्षकले प्रशस्त मेहनत गर्नेछन्”, उनले भने । उनले स्कुलले कारखाना,नेम, रातो बंगला फाउण्डेसन रोबोटिक्स एशोसिएसन नेपाल,सिराइचुली होटल, द पार्क,ल्याण्डमार्क फरेस्ट पार्क, होटल बोधी रेडसनसँग विद्यार्थी र शिक्षकको तालिम तथा क्षमताको विकासमा साझेदारी गरेको बताए ।
सम्पूर्ण विद्यार्थीलाई साइकलमा पढ्न आउन एकेडेमीले प्रेरित गरेको छ। साइकलमा आउन नसक्ने विद्यार्थीहरु एसीसहितको जीपीएस ट्रयाकिब प्रणाली जडान गरिएको बसमा आउन सक्नेछन् । यसको माध्यमबाट अभिभावकले आफ्नो बच्चा विद्यालयसम्म पुगे वा पुगेन भन्ने सजिलै जानकारी लिन सक्ने विद्यालयले जनाएको छ । अंकुरम एकेडेमीले पोषणयुक्त स्वच्छ खाना,पानी विद्यार्थीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरको दाबी गरिएको यस विद्यालयमा विद्यार्थीहरुको क्षमताको आधारम स्थलगत अध्ययन, सेमिनार,छात्रवृत्तिहरुको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । ३९ वटा मल्टीमिडियासहितको कक्षा कोठा रहेको विद्यालयमा आफ्नै ओलम्पिक स्ट्याण्डर्सको स्विमिब पुल,व्यवस्थित पार्किब, फूटसल,अडिटोरियम हल, थिएटर हल अत्याधुनिक कम्प्युटर ल्याब,सेमिनार हल, चित्रकला कक्षलगायत रहेका छन् ।
विद्यालयका प्रिन्सिपल सुमन पौडेलले यो वर्ष कक्षा ११ मा विज्ञान,व्यवस्थापन र मानविकी संकायमा ३ सय ६० जना विद्यार्थी पढाइने जानकारी दिए । अहिले विद्यालयले अनलाइन ब्रिज कोर्स र अनलाइन कक्षासञ्चालन गरिरहेको विद्यालयले जनाएको। एकेडेमीमा ४० जना शिक्षकहरु रहेका छन् ।




