चितवन । भरतपुर अस्पतालकाे इमर्जेन्सी कक्ष सिल गरिएकाे छ ।
इमर्जेन्सी कक्षमा कार्यरत एक जना नर्समा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियाे । ती नर्समा संक्रमण देखिएपछि इमर्जेन्सी कक्ष सिल गरिएकाे अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।
Advertisement
साे विभागमा रहेका बिरामीलाई अन्य ठाउँमा सारिएकाे उनले बताए । त्यस विभागमा रहेका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखिने उनलेबताए । इमर्जेन्सी सिल गरि त्यस ठाउँकाे पूर्ण रूपमा निर्मलीकरण गरिने उनले जनाए ।
भरतपुर अस्पताल काेभिड–१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा बिहीवार स्वास्थ्यकर्मी सहितचितवनका थप १२ जनामा संक्रमण देखिएकाे थियाे ।
अर्काे सुचना जारी नभएसम्मकाे लागि आकस्मिक कक्ष सिल रहेकाे अस्पतालले जनाएकाे छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




