चितवन । चितवनमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ प्रयोगशाला गरिएको परीक्षणका क्रममा चितवनका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाले दिएको जानकारी अनुसार भरतपुर ७ का १ पुरुष र ५ महिला रहेका छन । उनीहरुको स्वाब भरतपुर क्यान्सर अस्पतालबाट लिइएको थियो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




