काठमाडौं। नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर २४० जना घर फर्किएका छन्।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




