चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीद्धारा चितवनमा कार्यरत चिकित्सक सहित स्वाथ्यकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत डाक्टर अधिकारीले अस्पतालको फ्रन्टलाइन बसेर काम गर्दै आउनु भएका चिकित्सलाई कोरोना संक्रमित भएपछि यस्तो कामना गर्नुभएको हो ।
‘ उहाँहरुले चाडै नै कोभिडलाई जिन्तुहुन्छ भन्ने विश्वास छ डाक्टर अधिकारीले भन्नुभएको छ, यस्तो अवस्थामा अन्य स्वास्थ्य आत्मबल उच्च राख्दै बिरामीको उपचारमा खटिनुहुन अनुरोध गर्दछु ।’
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारी, स्त्री राेग तथा प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पाेखरेल र रत्ननगर वकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगाले लगायत अन्य स्वास्थ्य कर्मीलाई उहाँले शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।
अस्पतालको सेवालाई निरन्तरता दिन विभिन्न विभागमा निर्मलीकरण गर्नुको साथै यथाशक्य सेवा सुचारु गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले चितवन मेडिकल सिटी भएकोले र कोभिड विरुद्ध लड्न र उपचारमा सहयोग पुर्याउन अन्य निजी ठूला अस्पताललाई आग्रह गर्नुभएको छ । अब छिट्टै नै ७५ वटा भेण्टिलेटर १५० बेडको आइसीयु, र ३०० बेडको आइसीयु तयार गर्न आबश्यक रहेको बताउनुभयो । पिसिआर टेष्टको लागि अन्य निजी अस्पतालले सेवा शुरु गरेकोमा अधिकारीले खुशी व्यक्त गर्नुभयो । कोभिड नियन्त्रणमा स्थानीय तहको भूमिका समेत महत्वपूर्ण रहने भन्दै उहाँ कोभिड विरुद्ध लड्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।




