काठमाडौं । नेपालमा थप एक हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप एक हजार १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ। संक्रमितमध्ये १७ हजार ५८० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ११४ जनाको मृत्यु भएको छ।
Advertisement
प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ८५ जना घर फर्किएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




