काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ। भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याइएको हो।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीसहित उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीबीचको छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय भएकाे हो।
Advertisement
यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिँदै थियो। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




