चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा केहि खुकुलो बनाउने निर्णय गरेको हो ।
निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई भने खुकुलो गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीनारायण प्रसाद भट्टराईले जानकारी दिए । प्रजीअ भट्टराईका अनुसार शनिबारदेखि लागु हुने गरी किराना पसल, निर्माण सामाग्री सम्बन्धी व्यवसाय तथा ढुवानी, बिजुली तथा भाडाकुडाका पसल, कपडा तथा फेन्सी पसल बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने उनले बताए । यस बाहेकका अन्य पसलहरु भने बन्द रहनेछन्।
यस्तै आलोपालो प्रणालीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी बैंक तथा वित्तिय संस्थाहरु संचालन गर्न पाइने तथा सुरक्षा मापदण्ड अपनाएर अनावश्यक भिडभाड नहुने गरी कार्यालयबाट नियमित सेवा संचालन गर्न पाइने उनले बताए ।




