चितवन । नेपाल म्याथम्याटिकल सोसाइटी (नेपाल गणित समाज) वाग्मती प्रदेशको अध्यक्षमा चितवनका राजाराम आचार्य चयन हुनु भएको छ ।
वाग्मती प्रदेशका गणित विषयका प्राध्यापकहरुको आज भएको अनलाइन भेलाले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा गीता श्रेष्ठ, सचिवमा रमेश शर्मा, सहसचिवमा डा गंगाराम फैजु, कोषाध्यक्षमा विष्णु ढकाल रहनु भएको छ ।
Advertisement
यस्तै सदस्यहरुमा रमेश खनाल, रामप्रसाद निरौला, विनोदखण्ड तिमिल्सिना, नारायण पाण्डे, किशन बास्तोला र छवि ढुंगाना रहेका छन् । अन्य दुई जना पछि मनोनयन गर्ने निर्णय भएको अध्यक्ष आचार्यले बताए । भरतपुर महानगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दासमेत रहनुभएको समाजका नवनियुक्त अध्यक्ष आचार्य वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको सहप्राध्यापक हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




