गैडाकोट। युबा उद्यमशीलतालाई प्रवद्र्धन र उजागर गर्नका लागि गैडाकोटका युबाहरुको सामुहिक लगानीमा सञ्चालनमा आएको छ । गैडाकोट ५ कालिकाचोक स्थित लिला पाल्जामामा इजि पे को सुरुवात भएको छ ।

नबलपुरका ग्राहकको आवश्यकतालाई मध्यनजर राख्दै शुन्य प्रतिशत ब्याजदरमा घरायसी ईलेक्ट्रोनिक्स मालसामान किस्ताबन्दिमा उपलब्ध गराउने लक्ष्य सहित स्थापना भएको व्यवसायको शुभारम्भ गैडाकोट नगरपालिकाको उप प्रमुख बिष्णुकुमारी कंडेल सापकोटाले गर्नुभएको थियो ।
गैडाकोट नगरपालिकालाई स्मार्ट सीटीको रुपमा अगाडि बडाउने क्रममा रहेको र युबाहरुको यी कार्यले नगरपालिकालाई प्रत्यक्ष सहयोग गर्ने बताउँदै न्यून आय भएका ब्यक्तिले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै व्यवसायको सफलताको शुभकामना दिनुभएको थियो । औपचारिक कार्यक्रममा गैडाकोट ५ र ६ का वडाअध्यक्ष नबराज कंडेल र लक्ष्मीप्रसाद सापकोटा र समाजसेवी दोर्ण बन सन्यासी र कालिका बजार ब्यबास्थापन समितिका अध्यक्ष गुन्ज बाचे मगरको उपस्थिती रहेको थियो ।
न्यून आय भएका बर्गलाई लक्षित गरि समय अनुसारको आवश्यकता पुरा गर्नका लागि सुलभ र सस्तो किस्तामा सामान उपलब्ध गराइने सिइओ सुमन पौडेलले जानकारी दिनुभयो । संस्थाको परिकल्पनाकार र लगानिकर्तामा सुमन पौडेल , जगत श्रेष्ठ , सुजन पौडेल , सुनिल रेग्मी , पोषण गौतम , सुरज गौतम, कमल दराई , बलराम सुबेदी रहनु भएको छ।




