काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँले घटेको छ । सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छ ।
Advertisement
यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२३० रुपैयाँमा कारोबार भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




