काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार ८ सय ६३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार १ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार ५ सय २ पुगेको छ।
Advertisement
पछिल्लो २४ घण्टामा १३ ७ ८१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २३ हजार ५ सय ७ जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ४ हजार ३३ रहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




