चितवन । कुखुरामा एच नाइन भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पाल्नुभएका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन ।
ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो ।
Advertisement
यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईले जानकारी दिनुभयो । “
काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं ” उहाँले भन्नुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




