नवलपुर । गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा भएको स्वाब परीक्षणमा नगरप्रमुख पौडेललाई संक्रमण पुष्टि भएको हो ।
नगर प्रमुख पौडेलका अनुसार सामान्य ज्वरोसहितको लक्षण देखिएपछि स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । अहिले पनि सामान्य ज्वरोबाहेक अन्य लक्षण नरहेको र होम आइसोलेसनमै रहेको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो ।
Advertisement
गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालले नगर प्रमुख पौडेलको सम्पर्कमा आउनुभएका जनप्रतिनिधी, नगरवासी एवं कर्मचारीहरुलाई थप सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




