चितवन । राजधानी वाहिर कोभिड–१९ को उपचारमा नेतृत्वदाही भूमिका निर्वाह गर्दै आएको भरतपुर अस्पतालमा ४५ शै्ययाको हाई डिपेन्डेन्सी युनिट (एचडियू) निर्माण थालिएको छ । दुई साताभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेका अनुसार निर्माणको काम थालेर सामाग्री खरिद प्रक्रियालाई अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ शै्ययाको एचडियू निर्माण गर्न भनेको भए पनि अस्पताल विकास समितिले ४५ शै्ययाको निर्माण गर्न लागेको उहाँको भनाइ छ ।
Advertisement
कोभिड भएर अक्सिजनको आवश्यक पर्ने बिरामीलाई उपचारका लागि एचडियू वनाउन लागिएको हो । छिटोछरितो प्रक्रियाबाट सामान खरिद गरि एचडियू सञ्चालनमा ल्याइने पाण्डेले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




