चितवन । लक्ष्मीपुजाको अवसरमा पारेर चितवनमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औ स्मरण दिवस मनाईएको छ । कर्मी चौतारीको आयोजनामा खुल्ला कविता बाचन कार्यक्रमको आयोजना गरी देवकोटालाई स्मरण गरीएको हो । कोरोना महामारीको प्रतिकुल अबस्थामा समेत भरतपुर २ क्षेत्रपुरमा रहेको रामेश्वर पुस्तकालयमा उच्च साबधानि अपनाएर स्मरण दिवस मनाईएको आयोजकले बताएको छ ।
भरतपुर महानगरपालिका २ का वडाध्यक्ष पुर्ण बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ९ जना कबिहरुले दर्जनौ कबिता बाचन गरेका थिए । प्रस्तुत कबितामा कविहरुले देवकोटाले नेपालि साहित्यमा गर्नुभएको योगदानबारे चर्चा गरेका थिए । कर्मी चौतारीका संयोजक मुकुन्द अर्याल “खलपात्र” को अध्यक्षता रहेको सो कार्यक्रममा कबि तथा समालोचक उदय अधिकारी र गोबिन्द प्रशाद अर्यालको आतिथ्यता रहेको थियो भने बिबेक तिवारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
सोही अबसरमा कर्मी चौतारीले आफ्नो सँस्थालाई थप सँस्थागत गर्ने उदेश्यले नयाँ कार्य समिती चयन गर्न तदर्थ समिती समेत चयन गरेको छ । कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका मुकुन्द अर्यालको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिती चयन गरेको हो । समितीमा मुकुन्द अर्याल, भिम राई, उत्तम गुरुङ् , आश्मा राई , बिबेक तिवारी, सन्तोष घिमीरे, बसन्त ढुङ्गाना सदस्य रहेका छन् । समितीले आगामी ६ महिनाभित्र नयाँ कार्यसमिती चयन गरी सँस्थालाई आधिकारीकता प्रदान गर्नेछ ।




