चितवन । लायन्स क्लब अफ नारायणी सेन्ट्रलले स्थापनाको १० औं बर्ष भव्य रुपमा मनाएको छ । मंगलवार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस ( चार्टर नाईट सेरेमोनी ) मनाएको हो ।
कार्यक्रममा लायन्स क्लब ३२५ वीटु नेपालका प्रथम भाईस डिस्ट्रिक्ट गर्भनर रामप्रसाद भट्ट, पूर्व डिस्ट्रिक्ट गर्भनर राजकुमार श्रेष्ठ , जोन पर्सन दुर्गालक्ष्मी श्रेष्ठ, डिस्ट्रीक्ट प्रमुख लगायतले लायन्सको औचित्य, उद्धेश्य, लक्ष्य र सेन्ट्रलले गरेका कामहरुको चर्चा गरेका थिए ।
सो अवसरमा बोल्दै प्रथम डिस्ट्रिक्ट भाईस गर्भनर भट्टले लायन्सको औचित्य माथि प्रकाश पार्दे आफूभन्दा कम अवसर पाएका मानिस तथा विभिन्न संस्थालाई परोपकारी काम गरेर क्लबले समाज परिवर्तन मा उल्लेखनीय काम गर्दै आएको बताए ।
नारायणी सेन्ट्रलले विगतका बर्षमा सिमान्तकृत वर्गलाई सेवा गरेर उदाहरणीय काम गरेको भन्दै उनले अन्य क्लबलाई समेत प्रेरणाको स्रोत बनेको बताए । ‘लायन्स भिलेज कन्सेप्ट सबैभन्दा पहिले यही क्लबले ल्याएको हो, उनले भने, बीचमा केही समस्या भएपनि फेरी यसले पुर्नजीवन पाएको छ ।’ हामी एकदम खुशी भएका छौं । ’ यो एरिया मा १०४ वटा क्लब मध्ये हातको औंलामा गनिन सक्ने गरी सेन्ट्रलले काम गरेको उनले बताए । क्लबलाई माथि लैजानको लागि आफूले जुनसुकै सहयोग गर्न तयार रहेको भट्टको भनाई थियो ।
सो अवसरमा बोल्दै पूर्व डिस्ट्रिक्ट गर्भनर राजकुमार श्रेष्ठले विभिन्न व्यक्तिको जीवनमा उत्तारचढाव आएजस्तै संस्थाको प्रणालीमा पनि उत्तारचढाव आउने भन्दै नारायणी सेन्ट्रलले पुर्नजीवन पाएको र अबका दिनमा गतिलिने बताए ।
सेन्टलले अबका दिनमा पिछडिएका समुदायको हितको लागि अघि बढ्ने विश्वास व्यक्त गरे । छोटो समयमै सेन्ट्रलले विगतका कमजोरीलाई चिर्दै अहिलेको नयांँ नेतृत्वले सेन्ट्रललाई उचाईमा पुर्याउने आशा भरोसा लिएको बताए । अबका दिनमा यस संस्थाको गरिमालाई उँचो बनाउन आफूले जुनसुकै सहयोग गर्न आफू तत्पर रहने उनको भनाई थियो । यसले विगतमा दिनमा सिमान्तकृत वर्गको उत्थानको लागि लायन्स भिलेजलाई स्थापित गर्न सफल भएको भन्दै उनीहरुको जीवन परिवर्तनको लागि पुनः क्रियाशील रहने श्रेष्ठले बताए ।
कार्यक्रमाा जोन चेयर पर्सन दुर्गालक्ष्मी श्रेष्ठले सेन्ट्रलले गरेको कामको प्रशंसा गर्दै नेतृत्व राम्रो भएकाले संस्थाले फड्को मार्नेमा कुनै शंका नरहेको बताईन । नारायणी सेन्ट्रलका अध्यक्ष कृष्ण लामाले आफूले गरेका कामको गतिविधिको जानकारी गराउंँदै कोरोना संक्रमणको समयमा पनि सामाजिक कामलाई निरन्तरता दिएको बताए । संस्थालाई माथि लैजान सबै सदस्यहरुको उत्तिकै भूमिका रहेको र आगामी दिनमा सामाजिक काममा त्यत्तिकै तल्लिन रहने बताए ।
कार्यक्रममा क्लबको लागि उत्कृष्ट कार्य गरेका क्लबका संस्थापक डासीराम खनाल,पूर्व अध्यक्ष तथा जिएसटी सुजन थापा क्षेत्री , द्धितिय उपाध्यक्ष अनन्तराज अधिकारीलाई खादा र प्रशंसा सहित सम्मान गरिएको थियो । कार्यक्रममा एमजेफ लायन खोमकान्त रेग्मी,डासीराम खनाल, विष्णु प्रसाद अधिकारी, नारायण प्रसाद शर्मा दिननाथ न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका प्रथम लेडी सुष्मा लामा पदाधिकारी सहित ३१ जना सदस्यको सहभागिता रहेको थियो । कार्यक्रम सेन्ट्रलका प्रथम उपाध्यक्ष रमेश शर्माले सञ्चालन गरेका थिए ।




