काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले कोरोना महामारीका कारण निजी शिक्षा प्रदायकका लगानी, बैँक कर्जा, ब्याज, घर भाडा र शिक्षक-कर्मचारीको तलब सुविधालगायत वित्तीय क्रियाकलापमा शिथिल आएको जनाएको छ ।
सो संस्थाको २३औँ स्थापना दिवसका अवसरमा जारी विज्ञप्तिमा एशोसिएशनका अध्यक्ष ऋतुराज सापकोेटाले आफूलाई पुन:चलायमानका लागि थप आर्थिक ब्याजको खाँजो रहेको जनाउदै स्व-पूँजी परिचालन, स्वरोजगारी, रोजागारी, अभिभावकमा सहयोग, ग्रामीण क्षेत्रमा निजी विद्यालयको पहुँचजस्ता सकारात्मक विषयमा दिइएको योगदानको मूल्याङ्कन गर्न सरकारसँग माग गर्नुभयो ।
Advertisement
‘सहजतामा मात्र होइन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ’ भन्ने मूल नारामा विभिन्न स्थानमा स्थापना दिवस मनाइरहेको सो एशोसिएशन २०५४ सालमा स्थापित भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




