चितवन । नेपाली काँग्रेसका शुभेच्छुक संघ संस्थाहरुले चितवनमा माघ २४ गते प्रदर्शन गर्ने भएका छन् । सोमबार काँग्रेस पार्टी कार्यलय कमलनगरमा बसेको शुभेच्छुक संघ संस्थाहरुको बैठकले २४ गते शनिवार दिनको १ बजे बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
काँग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत रही माघ २४ गते भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शन गर्ने निर्णय भएको हो । शुभेच्छुक संस्थाका संयोजक शालिग्राम शर्मा पौडेलका अनुसार बिरोध प्रदर्शन अघि भरतपुरको मालपोतचोक, हाकिमचोक र वीरेन्द्र क्याम्पस अगाडीबाट प्लेकाड सहितको प्रदर्शनका लागि र्याली निकालिने छ ।
Advertisement
सरकारले गरेको संसद बिघठन असंबैधानिक रहेको भन्दै काँग्रेसले आफ्ना भातृ संस्था, शुभेच्छुक संस्था र बिभिन्न तहमा आन्दोलन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




