चितवन । लायन्स क्लव अफ चितवन सेन्ट्रलद्धारा भरतपूर महानगरपालिका वडा नं १२ मा रहेको आमाको माया छात्रावासमा आश्रित बालिकाहरुलाई खाद्य सामाग्री तथा नगद सहयोग गरेको छ ।
सोमबार छात्रावासमा आयोजित एक कार्यक्रमका बीच क्लबले छात्रावासमा आश्रित १७ जना बालिकाको लागि उक्त सहयोग गरेको हो ।
वितरण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष लायन सन्तोषजनक भूषालको जन्मदिनको अबसरमा उक्त कार्यक्रम गरिएको क्लबका पूर्व अध्यक्ष लायन सन्दीप कुमार श्रेष्ठले बताए । सो कार्यक्रको संयोजक समेत रहेका लायन सन्तोषजनक भूषालले आफ्नो जन्मदिनमा लायन्स क्लब मार्फत आर्थिक सहयोग गर्ने अवसर पाएकोमा संस्था प्रति खुसी व्यक्त गर्दै उनले आगामी दिनमा समेत यस संस्थालाई सहयोग गर्दै जाने प्रदिबद्धता व्यक्त गरे ।
सो अवसरमा बोल्दै छात्रावासकी अध्यक्ष कृष्ण कुमारी महर्जनले क्लबले गरेको सहयोग प्रति आभार व्यक्त गरिन । सामाजिक संस्था तथा मनकारी व्यक्तिको सहयोगबाट छात्रावास सञ्चालन गर्न सहज हुने बताउंँदै उनले यस्ता प्रकारको सहयोगबाट आफूलाई थप उर्जा मिलेको बताईन ।
क्लबका प्रथम उपाध्यक्ष लायन अजामिन ढकालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा क्लबका अध्यक्ष लायन दिपक बहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यो छात्रावास वि.स.२०७२ साल देखि एकजना आश्रित बालिकाको उद्धार गरी शुरु भएको थियो । हाल आठ जिल्लाका करिब १७ जना बालिकाहरु यो संस्थामा आश्रित छन् ।




