काठमाडौं। सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। पुस १५ को मन्त्रिपरिषदले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश पारित गरेसँगै ७७ वटै जिल्लामा आयोगहरु गठन गरिएको हो। नेपाल राजपत्रमा आयोग गठनसम्बन्धी सूचना सोमबार प्रकाशित गरिएको छ।
आयोगले भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा दिने गरी समस्या समाधानका लागि काम गर्ने जनाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तगर्त रहने गरी आयोग गठन गरिएको हो।
Advertisement
सरकारले हरेक जिल्लामास्थित आयोगमा एक अध्यक्ष, एक विज्ञ र एक सदस्य रहेको आयोग गठन गरेको हो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




