चितवन । नेपाली कांग्रेस चितवनका युबा नेता नबिनराज पौडेलले नेपाली कांग्रेसको अबको एक मात्र एजेण्डा संसद पुनःस्थापना र अबको गन्तब्य पनि संसद पुनस्थापना भएको बताएका छन् ।
उनले लोकतन्त्र , संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको बताएका छन् । चितवन खबरमा कुरा गर्दै युबा नेता पौडेलले प्रतिनिधिसभा पुनः स्थापना हुने विश्वास समेत व्यक्त गरेका छन् । पौडेलले संविधान बचाएर संसद् पुन:स्थापन गरेर बैधानिक तबरले मात्र निर्वाचनमा जाने कांग्रेसको अडान कायाम रहेको बताए ।
उनले भने, ‘‘संविधान बचाएर, संसद् पुन:स्थापन गरेर चुनावमा जाने हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास सबैतिर छ। कांग्रेस जे बोल्छ, त्यो गर्छ । कांग्रेसले अब संविधान बचाउँछ।’उनले तर्क प्रस्तुत गरे ।
चुनाव नेपाली कांग्रेसका लागि ठूलो विषय नभएको उनको भनाई छ। संविधान जोगाउनु कांग्रेसका लागि अहिलेको मुख्य विषय भएको प्रस्ट पार्दै पौडेलले भने ‘कांग्रेसका लागि चुनावै सबैथोक हैन। सिंहदरबार जानु, बालुवाटार पस्नु नौलो कुरा हैन। अब संसद पुन:स्थापना हुन्छ ।




