चितवन । मोफसलमा चलाउन सक्नु फलामको चिउरा चपाउनु जस्तै हो । तर ५ बर्षअघि हामीले त्यस्तै आंँट र जोखिम मोलेर मिडिया हाउस सञ्चालन गर्ने निर्णयमा पुग्यौं । मोफसलमै रहेर पनि सूचना, समाचार, कला संस्कृति, स्वास्थ्य तथा मनोरञ्जनको क्षेत्रमा केही गर्नुपर्छ भन्ने अठोटका साथ अघि बढ्यौं । जसको फलस्वरुप यस लक्की मिडीया हाउसले अर्धसाप्ताहिक पत्रिका चितवन खबर प्रकाशन गर्न सफल भयौं ।

सबै क्षेत्रको हब भएको क्षेत्र चितवन जिल्लामा अन्य मिडियाहरुको भीडमा अलग्गै बिशेषता दिनुपर्ने बाध्यता हाम्रो कांँधमा आईपुग्यो । हामी देशको जस्तो सुकै अस्थिर परिस्थितीमा पनि विचलित भएनौं । हो मिडिया क्षेत्र सीमित श्रोत साधन, लगानी , जनशक्ति तथा विज्ञापनको सानो बजारमा मिडिया हाउसलाई निरन्तरता दिनु पक्कै चुनौति थियो नै । तर हामी हाम्रो लक्ष्य र दायित्व प्रति कहिल्यै पन्छिएनौं ।
हामीलाई चुनौतीले धेरै पाठ सिकायो, अवसर पनि दियो । आम पाठक, शुभेच्छुक , विज्ञापनदाताले साथ र सहयोग दिनुभयो । जसले गर्दा हामीलाई थप उर्जा प्राप्त भयो । हामीले चितवन खबर श्यामश्वेत पत्रिकालाई रंगीन पत्रिकामा पस्कन सफल भयौं । तर हामीलाई यतिले मात्र चित्त बुझिरहेको थिएन । थप केही फरक काम गरौं भन्ने थियो । अधिकांश मिडियाहरुमा पहिलो पृष्ठमा जहिले राजनीतिक बिषय बस्तु र नेताका भाषणले मात्र स्थान पाउंँथे तर ओझेलमा परेका विषय वस्तु कह्ल्यिै बाहिर आउन सक्दैनथे । आवाज विहीन आवाज दविएको हामीले महसुस गर्यौं र सामाजिक उत्तरदायित्व बन्दै फरक स्वाद दिन हामीलाई हुटहुटी हुन थाल्यो ।
हामीले जनता संँगका प्रत्यक्ष सरोकार राख्न बिषय, आफ्नो देशको कला संस्किृतिलाई जगेर्ना र संरक्षण गर्ने अभियानमा लाग्यौं । आवाज विहीनको आवाज मुखरित गर्ने अभियानमा लाग्यौं । यसबाट सबै पक्षबाट साथ सहयोग , प्रशंसा प्राप्त भईर्यो । यसले हामीलाई थप प्रेरणा दियो । हुनत मिडिया हाउसका आ-आफ्नै बिशेषता हुन्छन आखिर गन्तव्य एउटै हुन्छ सामाजिक उत्तरदायित्व । जसअनुसार हामीले हाम्रो कार्य क्षेत्रलाई थप विस्तार गर्नुपर्ने योजनामा थियौं । फलस्वरुप हामीले स्थानीय स्तरका मिडियाहरुको लागि विज्ञापन उत्पादन , प्रचार प्रसारण गर्ने अवस्थामा आईपुग्यौं । यसको श्रेय हाम्रा पाठक, शुभेच्छुक विज्ञापनदातालाई नदिंँदा ठूलो अन्याय हुन जान्छ । यसरी नै हामीले प्रत्येक हाम्रो बार्षिकोत्सव यसरी नै मनाईरहेका छौं भलै हाम्रो पांँचौ वार्षिकोत्सव कोभिडका कारण केही महिना पछि मनाउन विवश भएका छौं ।
विगत केही बर्षदेखि लक्की मिडिया हाउसले नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायतका कार्यक्रमहरु गर्दै आएको छ । यतिमा मात्र हामी थाकेका छैनौं हामीले राष्ट्रिय तथा स्थानीय कलाकार, साहित्यकार, उद्यमी व्यवसायी , स्वास्थ्यकर्मीलाई समेत उर्जा र प्रेरण थप्ने जमर्को गर्यो । उहांँहरुले समाजमा पुर्याएको योगदान र भूमिकाको कदर गर्दै सम्मान र पुरस्कृत गर्दै आएका छौं ।
हामी यो स्थानमा आईपुग्दा केही सफलता प्राप्त गरेको आभाष भएको छ । आगामी दिनमा हाम्रो मिडियाको तर्फबाट समाजका अन्य पाटा तथा पक्षलाई समेत समेट्दै जाने प्रण गर्दछौं । यसमा तपाईकोहरुको अमुल्य सुझाव र सल्लाहको अपेक्षा गर्दछौं ।




