चितवन । प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरिक्षक ( एसपी) को सरुवा गरेको छ। त्यस्तै प्रधान कार्यालयले डिएसपीबाट बढुवा भएका १६ जना एसपीहरुको पनि पदस्थापन गरेको छ।
सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी ओम अधिकारीको सरुवा भएको छ भने चितवनका एसपी नान्तिराज गुरुङको अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ।चितवनको प्रमुखमा सरुवा भएका अधिकारी जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए । उनले गोरखाको प्रमुख भएर पनि काम गरिसकेका छन्।
यस्तै, दिपशम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण, रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गठन नं.२, भोलाबहादुर रावललाई काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, किसान सिंह थापालाई नेपाल प्रहरी पहरा गण र विकासराज खनाललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय सरुवा गरिएको छ ।
त्यसैगरी आजै ६ जना डिएसपीको पनि सरुवा निकालिएको छ। सरुवा सूची अनुसार क्रमश:कोमल शाहको नगर प्रहरी कार्यालय काठमाडौं, नरहरी रेग्मी ठिमी, तुल्सीराम अग्रवाल जिल्ला प्रहरी कार्यालय अछाम तथा बालनरसिह राणाको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा सरुवा भएको छ।




