चितवन । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले बुधवार आफ्नो ५८ औँ वार्षिकोत्सव मनाएको छ ।
कोरोना कहरकाबीच स्वास्थ्यका सबै मापदण्ड अपनाएर यस वर्षको वार्षिकोत्सव मनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । वार्षिकोत्सव अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजन गरिएको थियो ।
चैत १७ गतेदेखि २३ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता राखिएको थियो । प्रतियोगितामा अस्पतालको नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थी तथा अस्पतालका कर्मचारी सहभागी भएका थिए । चैत २० र २१ गते राप्ती नगरपालिकामा रहेको दुर्गम बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, २३ गते अस्पतालस्तरीय वक्तृत्वकला एवम् कविता प्रतियोगिता, २४ गते वृहत् सरसफाइ एवम् अस्पताल परिसरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको डा. कृष्ण पौडेलले जानकारी दिए ।
त्यसैगरी बुधबार बिहान ११ बजेसम्म निःशुल्क ओपिडी, विगत दुई वर्षयता अवकाश पाएका चिकित्सक तथा अन्य कर्मचारीहरूलाई सम्मान, वार्षिकोत्सव विशेष बुलेटिन विमोचन गरिएको थियो ।
त्यस्तै, अस्पतालको प्रवीणता प्रमाणपत्र तह तथा स्नातक तह नर्सिङको कार्यक्रममा वार्षिक परीक्षणमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रालाई सम्मान, वार्षिकोत्सव विशेष खेलकुद कार्यक्रमका विजेतालाई सम्मानलगाएतको कार्यक्रम गरिएको थियो । कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको सभापतित्वमा भएको हो ।
भरतपुर अस्पतालको ५८ औँ वार्षिकोत्सवको फोटो फिचर














फोटोः जय पाठक (जेपी) / हेल्थ ब्यूरो प्रमुख, चितवन खबर




