चितवन । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका र इ चितवन खबर डट कमको २०७८ को संयुक्त भित्तेपात्रो प्रकाशित भएको छ। भित्तेपात्रोको विमोचन भरतपुरमा एक कार्यक्रमका बिच पत्रिकाकी सम्पादक इन्दिरा पन्तले गरेकी छिन ।
विमोचन पछि बोल्दै पन्तले यस्तो विषम परिस्थितिमा पनि पत्रिकाले भित्तेपात्रो प्रकाशन गर्न सफल भएको बताइन् । उनले विगत देखि नै स्थानीय स्तरमा पाठकको मन जित्न सफल भएको बताइन् ।
सो क्रममा बोल्दै पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की‘ ले कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न सरकारले गरेको लकडाउनको कारण नयाँ वर्षमा अधिकांश संस्थाले भित्तेपात्रो प्रकाशन गर्न नसके पनि पत्रिकाले आम पाठक, विज्ञापनदाता, शुभचिन्तकको लागि दायित्व निर्वाह गरेको बताए ।
आगामी बर्षमा समेत आफ्ना नियमित प्रकाशनलाई निरन्तरता दिने बताउर्दै कार्कीले सधै आफ्ना पाठक, विज्ञापनदाता र शुभचिन्तककोसाथ सहयोगको अपेक्षा समेत गरे ।
कार्यक्रममा लक्की मिडिया हाउस चितवनका निर्देशक हरि केसी, चितवन खबर पत्रिकाका प्रबन्ध निर्देशक कृण्ण कार्की, निर्देशक सुजनओझा, स्तम्भ संयोजक प्रमुख जय पाठक (जेपी), व्यवस्थापक राजेश शर्मा आचार्यलगाएतको उपस्थिति रहेको थियो ।
भित्तेपात्रो विमोचन कार्यक्रमको फोटोफिचरः












