चितवन । चितवनमा रहेका दर्जनौं पत्रिकाहरुका माझमा नाम कमाउन खोज्नु त्यति सजिलो कुरा थिएन । तर पनि चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले त्यो सफलता चुमेरै छोड्यो । चितवनमा धेरै पत्रिकाको उदय भयो र विलिन पनि । चितवनमा पत्रिका खुल्ने र बन्द हुने क्रम चलिरहँदा केही त्यस्ता पत्रिकाले नाम कमाए जसले निरन्तर मिहिनेत र लगनशिल बनेर लागिरहेका थिए ।
तिनै सञ्चार माध्यमको भिडमा खुलेको रंगीन पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका गौरवमय बाह्रौ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालको छोटो समयमा नै समाजसेवाको माध्यमबाट पाठक, विज्ञापनदाता लगायत शुभचिन्तक माझ लोकप्रिय बन्न सफल चितवनको पहिलो र एकमात्र रंगीन साप्ताहिक राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका बाह्रौ औं वसन्तसम्म आईपुग्दा निष्पक्ष, तटस्थ र खोजमूलक समाचार प्रकाशन गर्दै आएको छ ।
निष्पक्ष, तटस्थ र खोजमूलक समाचार सन्देशको संवाहक भन्ने मूल नाराका साथ शुरु गरिएको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका पाठकको चाहना अनुरुप नै साताको दुई पटक सोमबार र शुक्रबार प्रकाशन हुँदै आईरहेको छ ।
स्थापनाकालमा साप्ताहिक रुपमा प्रकशित हुँदै आएको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका पाठकको चाहना अनुरुप नै वि सं २०६७ सालदेखि राष्ट्रिय अर्ध साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको हो । समाजका विकृति, विसंगति, अनि कु–संस्कार अन्त्यसंगै सकरात्मक समाज निर्माणको मिसन लिएर अगाडि बढेको पत्रिकाले पाठकको सल्लाह सुझावलाई नै निकै महत्व दिने गरेको छ । अहिलेको परिवर्तित डिजिटल समयमा हाल पत्रिकासँगै अनलाइन संस्करण इ चितवन खबर डटकम पनि सञ्चालनमा ल्याएको छ ।
चितवनको भरतपुरबाट पाठकहरुलाई सुसुचित पार्दै आएको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले स्थापनाकालको छोटो समयमा नै पाठकवर्गहरुमा छुट्टै किसिमको पहिचान दिन सफल भएको छ । स्थानीयदेखि राष्ट्रियस्तरका हरेक सवालहरुलाई प्राथमिकतामा राख्दै खोजमूलक ताजा जानकारी पाठकमाझ पुर्याईरहेको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले पाठकहरुकै चाहना अनुसार परिमार्जित रुपमा प्रकाशित हुँदै आएको छ ।
सातामा दुई पटक ताजा र खोजमूलक सूचना र जानकारी संगै परिवार, टोल, छर–छिमेक, गाउँ, वस्ती, समाज हुँदै राष्ट्रका हरेक विषयलाई परिर्वतनको बाटो देखाउन अझै धारिलो भएर लाग्ने पत्रिकाका सम्पादक इन्दिरा पन्तले बताउनुभएको छ । पत्रिकाले हाल आईस ब्रेक, रोचक जानकारी, यौनका कुरा, प्रेमका कुरा, जनताको सरोकार मेरो विचार, स्वास्थ्य सरोकार, कलाकारसँग चितवन खबर, व्यवसायिक वार्ता, कस्तो अचम्म, जिन्दगीका पलहरु, सुन्दरताको रहस्य, ज्ञान विज्ञान, आईटी खबर, खेलकुद गतिविधि, फिल्मी खबर, झट्का, डाक्टरसँग चितवन खबर, साहित्य सिर्जना जस्ता विषयवस्तरलाई स्तम्भका रुपमा प्रकाशन गर्दै आएको छ ।
हाम्रो अर्को पाटो सामाजिक उत्तरदायित्वका लागि समुदायको भित्री तहसम्म पुग्ने र आवश्यक परेको ठाउँमा वकालत, दवाव तथा समन्वय गर्ने कार्यमा हामी निरन्तर लागिपरेका छौं । भनिन्छ, सूचना भनेको केही वस्तु बारे केही सिक्नु, जान्नु अथवा बुझ्नु हो । निष्पक्ष, तटस्थ र खोजमूलक समाचार सन्देशको संवाहक भन्ने मूल नाराका साथ शुरु गरिएको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाको सामाजिक रुपान्तरणमा हाम्रो अभियान जारी छ ।




