भक्तपुर । आदरणीय विप्लव कमरेड तपाईंलाई मेरो बिन्ती पत्र आजको अवस्थासम्म पनि नेकपा माओवादी केन्द्र र नेकपा (विप्लव) बीच एकता हुन नसक्नु आफैंमा दुःखद विषय हो । जनयुद्धको सपना, सहिदहरूको बलिदान, अनि जनताको विश्वास यति टुक्रा–टुक्रा भएर रहनु न त आन्दोलनका लागि राम्रो हो न त देशका लागि ।
तर प्रश्न उठ्छ :- कमरेड विप्लव, किन अझै पनि एकताको प्रक्रियामा आउन सक्नु भएको छैन ? जब लक्ष्य एउटै छ, जनताको मुक्ति र समृद्ध समाजवाद — तब अहंकार, आरोप र अविश्वास किन ?
आज सहिदको रक्तभूमिबाट र जनताको पीडाबाट यही आवाज उठ्छ उठाइएका छौ — “अब विभाजन होइन, एकता चाहिन्छ।”
समयले धेरै कुरा पर्खँदैन ।
यदि हामीले अहिले पनि एकताको बाटो रोजेनौं भने, सहिदहरूको बेपत्ता घाइतेहरुको बलिदान इतिहासको किताबमा केवल कथा भएर मात्र बाँकी रहनेछ । यो देशले तपाईंलाई विद्रोही आत्मा, निडर आवाज र सहिदका सपना बोक्ने नेता भनेर चिन्थ्ये। तर आजको अवस्थामामा तपाईं किन अझै पनि एकताको ढोका ढकढक्याउन तयार हुनु भएन ?
जब जनयुद्धका सहिदहरूले एउटै माओवादी झण्डा र एउटै समाजवादी लक्ष्यका लागि ज्यान अर्पण गरे, तब किन आज माओवादीहरू टुक्रा–टुक्रा छन्?
कमरेड,
के व्यक्तिगत असहमति सहिदको सपना भन्दा ठूलो भयो?
के दलगत इगो जनताको हित भन्दा माथि पुग्यो?
अब जनताले हेरेका छन्,बसहिदका परिवारले प्रश्न गरेका छन् —
“हाम्रो रगतको अर्थ के भयो.? यदि नेताहरू एक हुन सकेनन् भने ?”
कमरेड,अब पनि ढिलो भएको छैन । इतिहासले तपाईंलाई पुनः एकताको प्रतीकका रूपमा सम्झने मौका दिएकोछ । तर त्यो अवसर सधैं रहँदैन ।
अब प्रश्न यो हो :-
के तपाईं एकताको इतिहास लेख्नु हुन्छ ??? विभाजनको इतिहासमा मात्र नाम रहन्छ ??? मैले नबुझेको मलाई सम्मान चाहिएको छैन् कमरेड हाम्रो परिवारको बलिदानको जग चाहिएको छ । टुटफुट होइन एक ठाउँमा जुटेर अगाडि बढेको देख्न चाहान्छु ।
# लेखक: सरिना किराँती लामा, हाल भक्तपुर




