सर्लाही । सर्लाही लालबन्दिमा ७ जना बिरामी भएका छन । लालबन्दी न.पा.११ हिरापुर बस्ने अंन्दाजी ४८ बर्षको भिम ब.ब्लोनको श्रीमतीको १३ दिनको पुन्य तिथिको कामको लागी प्रभात कार्कीले संचालन गरेको माँ लक्ष्मी दुध डेरीबाट दही किनेर ल्याएकोमा दही खाई ७ जना बिरामी परि लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार पछि अहिले बिरामीहरुको अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्र.ना.नि. अनिल कुमार झा जानकारी दिए ।
सो दुध डेरीमा दहि राख्ने भाँडाको ढकनीमा झिगा मार्न प्रयोग गरिने PKKA नामक बिषादी राखिएको र दहि ल्याउने समयमा भुलवस बिषादी राखिएको ढकनी दही भएको भाडा छोपी ल्याएको भन्ने बुझिएको प्रहरी चौकी पत्थरकोटका प्र.स.नि. चुन बहादुर मगरले बतार । उक्त स्थान पुर्ब पश्चिम राजमार्ग देखि ३/४ कि.मि रहेको छ ।
निम्न बिरामीहरूको अबस्था ।
१. खसना लामा अवस्थ मध्यम ।
२. पुतली माँया बंजन अबस्था सामान्य ।
३. सोस्तिका बंजन अवस्था सामान्य ।
४. धनसरा योञ्जन अवस्था सामान्य ।
५. बिष्णु माँया ब्लोन अवस्था सामान्य ।
६. पन्ती माँया बंजन अवस्था सामान्य ।
७. कृष्मा बंजन अवस्था मध्यम ।




