सर्लाही । सर्लाही जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार प्रत्यक्षतर्फ मात्र १९ हजार ७२२ मत बदर भएका छन्, जुन कुल खसेको मतको ६.२२ प्रतिशत हो । समानुपातिकतर्फ समेत १२ हजार १७७ मत बदर भएको तथ्यांकले देखाएको छ ।
जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेका छन् । कुल ३ लाख १७ हजार १३३ मत खसेकोमा सबैभन्दा बढी बदर क्षेत्र नम्बर २ मा भएको छ । उक्त क्षेत्रमा ७७ हजार ७८९ मत खसेकोमा ५ हजार ४०८ मत बदर भएको छ, जुन ६.९५ प्रतिशत हो ।
प्रत्यक्षतर्फ सर्लाही क्षेत्र नम्बर १ मा ७९ हजार २०७ मत खसेकोमा ५ हजार ३६५ मत बदर, क्षेत्र नम्बर २ मा ७७ हजार ७८९ मत खसेकोमा ५ हजार ४०८ मत बदर, क्षेत्र नम्बर ३ मा ८२ हजार १०६ मत खसेकोमा ४ हजार २६८ मत बदर तथा क्षेत्र नम्बर ४ मा ७८ हजार ०३१ मत खसेकोमा ४ हजार ६८१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार समानूपातीक तर्फ सर्लाही क्षेत्र नम्बर १ मा ७९ हजार ४९० मत खसेकोमा ३ हजार ४८१ मत बदर, क्षेत्र नम्बर २ मा ७८ हजार ६५५ मत खसेकोमा ३ हजार २५५ मत बदर, क्षेत्र नम्बर ३ मा ८१ हजार ९१६ मत खसेकोमा २ हजार ८२३ मत बदर तथा क्षेत्र नम्बर ४ मा ७८ हजार ०८१ मत खसेकोमा २ हजार ६१८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
अघिल्लो प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन २०७९ को तुलनामा यसपटक बदर मत उल्लेख्यरूपमा बढेको देखिएको छ । २०७९ मा ३ लाख ३३ हजार ३२ मत खसेकोमा १५ हजार ००७ मत मात्र बदर भएको थियो, जुन ४.९५ प्रतिशत थियो । यसपटक भने बदर मतको प्रतिशत केहि मात्रामा बढेको छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा प्रतिनिधिसभा २०८२ को निर्वाचनको यसपटक बदर मत हेदा ७ हजार ७ सय १५ मत बदर भयको पाइयको छ । यसलाई प्रतीसतमा हेर्दा १ः२७ प्रतिसतले बठेको पाइयको छ । भने प्रतिनिधिसभा २०८२ समानूपातीकमा तर्फ १२ हजार १७७ मत बदर भयको छ भने प्रतिनिधिसभा २०७९ समानूपातीकमा तर्फ १२ हजार ६३४ मत बदर भयको थियो जम्मा ४ सय ५७ मत बदर भयको समानूपातीकमा तर्फ बदर मत घटेको छ । यसलाई प्रतीसतमा हेर्दा ०ः ३३ प्रतिसतले घटेको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अरविन्द कुमार झाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भए पनि मधेशको भित्रि मधेशमा मतदाता शिक्षा कार्यक्रम प्रभाबकारी नभयको र ग्रामीण क्षेत्रमा अझै पनि मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा बदर मत बढी हुने गरेको झाले बताए ।
मतगणनामा संलग्न प्रतिनिधिहरूका अनुसार धेरै मतपत्रमा एउटाभन्दा बढी चुनाव चिन्हमा छाप लगाइएको, तोकिएको ठाउँभन्दा बाहिर छाप लगाइएको, अस्पष्ट चिन्ह प्रयोग गरिएको वा स्वस्तिक चिन्हको सट्टा ल्याप्चे लगाइएको कारण मत बदर भएको पाइएको छ ।
स्थानीय नेता रनधिर यादब अनुसार धेरै मतदाताले प्रत्यक्ष र समानुपातिकतर्फ दुई मत दिनुपर्ने जानकारी पाए पनि फरक–फरक मतपत्रमा छाप लगाउनुपर्ने कुरा स्पष्टरूपमा नबुझ्दा एउटै मतपत्रमा दुई चिन्हमा छाप लगाएका घटना धेरै भेटिएका थिए ।
केही मतगणनामा सहभागी व्यक्तिहरूका अनुसार एउटै मतपत्रमा दुई चिन्ह लगाइएका मतपत्रमध्ये केहीमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’समेत देखिएको थियो । मतदाताले फरक मतपत्रमा मत दिनुपर्ने प्रक्रिया स्पष्ट नबुझ्दा यस्तो समस्या आएको हुनसक्ने अनुमान छ ।
सर्लाहीकोे ग्रामीण क्षेत्रमा अझै पनि मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा बदर मत बढी हुने गरेको पाइयको छ । मतदाता शिक्षा प्रभावकारी बनाउने, मतदान प्रक्रिया सरल बनाउने तथा दीर्घकालीनरूपमा प्रविधि प्रयोग गर्ने उपाय अपनाउन सके बदर मतको समस्या घटाउन सकिनेछ ।




