सर्लाही । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । सर्लाहीमा विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । डिभिजन वन कार्यालय सर्लाहीले वृक्षरोपण कार्यक्रम सञ्चालन गरी दिवस मनाएका हुन् ।
डिभिजन वन कार्यालय सर्लाहीकोे आयोजनामा इश्वरपूर नगरपालिका– १५ सोकनाहामा रहेको श्री जनता माध्यमीक विधालय बल्वा सोकनाहा परिसरमा वृक्षरोपण कार्यक्रम डिभीजन बन कार्यालय सर्लाहीका प्रमूख सन्तोस कूमार झाको नेतृत्वमा सम्पन्न भएको छ । कार्यक्रममा इश्वरपूर नगरपालिका– १५का वडा अध्क्षय जनता माध्यमीक विधालय बल्वा सोकनाहा विद्यालय प्रअ व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूसहितले सहभागिता जनाएका थिए ।
कार्यक्रमका सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षरोपणको महत्त्वबारे चर्चा डिभीजन बन कार्यालय सर्लाहीका बन अधिकृत सागर बस्यालले गरेका थिय । सो अवसरमा विद्यालयपरिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभीजन बन कार्यालय सर्लाहीले जनायको छ ।
यस्तै, कार्यक्रमका ग्रामीण नारी उत्थान संघ हरिपुर ७ सर्लाही तथा save the children को संयूत्त साझेदारीमा संचालित समुन्नति परियोजना अन्तर्गत विरुवा उपलब्ध गराउन सहजीकरण गरिएकै थियो । इश्वरपूर नगरपालिकाका वडा नं १, ३,४,६, १४, १६का ६ वटा विद्यालयमा एक विद्यार्थी, एक विरुवा अवधारणा अन्तर्गत विरुव वितरण गरिएको थियो ।

विश्व वातावरण दिवसका अवसरमा आयोजित यी कार्यक्रमहरूले वातावरण संरक्षण, स्वच्छता प्रवद्र्धन तथा जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याएको हिमवन्ती नेपालकी मधेश प्रदेश अध्यक्ष रमा पौडेलले बताउनू भयो ।
देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ । पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन शुरु गरिएको हो ।





