चितवन। रोटरी वर्ष २०२०/२०२१ का लागि डा रेवन्तकुमार भट्टराई अध्यक्षमा चयन भएका छन् । यसैगरी भूपेन्द्र बस्नेत सचिवमा सर्वसम्मत् छानिएका छन् । जुलाई देखि जुन सम्म रहने रोटरीको वर्षमा नयाँ गठित समितिले जिम्मेवारी लिएको छ । समितिलाई निवर्तमान अध्यक्ष सुरेशबहादुर सेनले पद हस्तान्तरण गरेका थिए ।
क्लबका अन्य पदाधिकारीहरु आगामी अध्यक्ष राजेन्द्रकुमार पिया प्रस्तावित अध्यक्ष भोला जोशी, सहसचिव बिमलकुमार क्षेत्री, कोषाध्यक्ष ऋषि तिमिल्सेना, क्लबका निर्देशकमा प्रशासनिक निर्देशक डा कृष्णसागर शर्मा, सदस्यता निर्देशक राम बस्नेत, रोटरी कोष निर्देशक त्रिलोचन कँडेल, जनसम्पर्क निर्देशक प्रकाशचन्द्र श्रेष्ठ, सेवा कार्यक्रम निर्देशक नविन भण्डारी छन् ।
बिहीबार सम्पन्न पद हस्तान्तरण कार्यक्रममा चितवनका अन्य रोटरी क्लबका अध्यक्ष, पाहुना तथा प्रस्तावित सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकलाई क्लबका निवर्तमान अध्यक्ष सुरेशबहादुर शेन, संस्थापक डा तिलचन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष डा रेवन्त भट्टराईले सामाजिक सेवाका क्षेत्रमा क्लबलाई अझमाथि उठाउने प्रण गरे ।
भरतपुर रोटरी क्लब–२००३ मा स्थापना भई सामाजिक सेवाका क्षेत्रमा अग्रणी भूमिका खेलिरहेको छ । यस क्लबले ज्येष्ठ नागरिक दिवा स्याहार केन्द्र, बाल स्याहार तथा अध्ययन केन्द्र, चेपाङ समुदायलाई सहयोग गर्दै आएको छ । साथै क्लबले विधालय तथा समुदायमा आधारित तालिम, स्वास्थ्य शिविर, पशु स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना तथा सञ्चालन गर्छ ।




