चितवन । नेपाल बिधार्थी संघ चितवनले भरतपुर ३ मा रहेको द ग्रिन पार्कमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल बिधार्थी संघ चितवनका नेता सुमित पराजुलीको संयोजकत्वमा गरिएको थियो।
लकडाउनको कारण लामो समयसम्म भेटघाट पातलो भएकाले अब संगठनको गतिबिधि अगाडि बढाउन छलफल गर्न र आपसी सद्भाव बढाउन चियापान कार्यक्रम गरिएको कार्यक्रममा सहभागी नेता सन्जिब पन्तले जानकारी दिए।
Advertisement
कार्यक्रममा नेबि संघ चितवनका नेता प्रशान्त थापा, अभिषेक पन्त ,सागर बानियाँ, रिचेन पण्डित,सतिस पण्डित,मनिष दवाडी , प्रज्वल खतिवडा, सोहन केसी लगाएत अन्य बिधार्थी नेताहरूको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




