चितवन । लियो क्लब अफ भरतपुरका पदाधिकारीले बिहीबार पदभार ग्रहण गरेका छन् । क्लबका चार्टर प्रेसिडेन्ट दिपक कुमार रानाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा सन२०२०/२१ का लागि अध्यक्ष सुदीप सिक्देलले पदभार ग्रहण गरेका हुन्।
यस्तै क्लबका प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा क्रमश भिष्म आले, ज्योति पौडेल र शिला न्यौपाने रहेका छन्। सचिवमा सुबास शर्मा , कोषाध्यक्षमा रोशनी सुवेदी, सहसचिवमा सन्देश थपलिया र सहन खड्काले पदभार ग्रहण गरेका छन्।
त्यसैगरी सह-कोषाध्यक्षमा हेमन्त थापा, टेलट्वीस्टरमा सोनु रानामगर, टेमरमा संगीता श्रेष्ठ, पीआरओमा सुजाता कालाखेती, आइएसडीमा सिरियसी सिलवाल तथा डाइरेक्टरहरुमा क्रमशः कमल घिमिरे, सुरज रेग्मी, निश्चल कँडेल, उद्गम पौडेल, प्रतीक घिमिरे, रवीन अर्याल र रोहित सापकोटा रहेका छन्। महिला इम्पावरमेन्टमा कृति सिलवाल रहेकी छन्। कार्यक्रम रविन्द्र शर्माको अध्यक्षतामा भएको थियो।




