सर्लाही । सर्लाहीको हरिवन मा ३३औ मदन भण्डारी स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवस फाउन्डेसनको आयोजनामा सर्लाहीको हरिवन नगरपालिका–८ स्थित वनबाटिकामा विभिन्न कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा स्वर्गीय नेता मदन भण्डारी र जीवराज आश्रितको सालिक तथा फोटोमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
दिवसको अवसरमा वडा नम्बर ८का वडा अध्यक्ष प्रज्वल ढुंगानाको सक्रियतामा १० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमअघि स्थानीय युवा अभिषेक बलम्पाकीको संयोजनमा कार्यक्रम स्थल सरसफाइ समेत गरिएको थियो।

मदन भण्डारी फाउन्डेसनका अध्यक्ष चुडामणी वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हरिवन–८ नम्बर वडा कमिटीका संयोजक हेमसागर सुवेदीले गर्नुभएको थियो।

कार्यक्रममा नेकपा एमालेका नेता केशव ढकालले सहभागीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्नु हुँदै स्वर्गीय जननेता हरुले सामाज र राष्ट्र को लागि पुर्याउनु भएको योगदान को चर्चा गर्दै उहाँ हरुको योगदान लाई कहिले भुल्न नहुने धारणा ब्यक्त गर्नु भएको थियो।कार्यक्रम मा एमाले का नेता बिदुर कुमार प्याकुरेल ,केशब ढकाल राजकुमार उप्रेती ,सिताराम पोख्रेल युग बहादुर अधिकरी ,नवीन शर्मा सुवेदी प्रयाग राज पोते लगायत स्थानिय ब्याक्तित्व हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी तथा स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको थियो। सोही अवसरमा मदन भण्डारी फाउन्डेसन हरिवन नगर कमिटीको संयोजकमा नागेन्द्र घिमिरे (कमल) लाई सर्व सम्मत रुपमा चयन गरी पदस्थापन समेत गरिएको थियो आयोजक संस्था का जिल्ला अध्यक्ष चुडामणी वाग्ले ले बताउनु भयो ।




