सर्लाही । सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालिकाको ज्यान गयको छ । स्थानीय बलरा नगरपालिका–६ मिर्जापुरमा ट्याक्टरको ठक्करबाट अर्जुन साहकी ५ वर्षीया छोरी अंकिता कुमारी साहको ज्यान गएको हो ।
बिहीबार दिउँसो गडहियाबाट मिर्जापुरतर्फ छड सिमेन्ट लोड गरेर जाँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले विद्यालयबाट घर फर्किदै गरेकी अंकितालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ ।
Advertisement
दुर्घटनापछि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार चालक बलरा नगरपालिका–६ का १८ वर्षीय कृष्णकुमार साहको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




