जेष्ठ २३ हरिवन
विश्व वातावरण दिवस–२०८३ को अवसरमा सर्लाहीको हरिवन नगरपालिकामा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
बागमती सेवा समाज हरिवन को आयोजना समृद्दी को लागि हाम्रो बन परियोजना हरिवन नगरपालिका को समन्वय ,हेल्भेटास नेपाल को आर्थिक तथा काठमाडौ विश्व बिधालय को प्राबिधिक सहयोग मा हाम्रो शहर परियोजना अन्तर्गत कार्यक्रम को आयोजना गरिएको हो ।
“प्लास्टिक प्रदूषण अन्त्य गरौँ ,भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा नगर भित्र विभिन्न सामुदायिक तथा निजि १८व्टा विद्यालय का विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रम मा थियो।
हरिवन नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत हेमराज फुयाल को प्रमुख आतिथ्यता एवम शिक्षा शाखा प्रमुख उप सचिब हरि प्रसाद दाहल को विशेष आतिथ्यता मा श्री माहदेब जनता नमुना माध्यमिक विद्यालय, हरिवन–८ आयोजित प्रतियोगितामा विद्यार्थीहरूले वातावरण संरक्षण, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका विषयमा सिर्जनात्मक चित्र प्रस्तुत गरेका थिए।
पछिल्लो समय विश्व मा नै बढ्दै गएको वातावरण प्रदुषण लाई कसरी न्युनिकरण गर्न सकिन्छ र नगर लाई हराभरा समृद्द स्व्च्छ वातावरण निर्माण नगर बनाउन सकिन्छ भन्बे उदेश्य ले हाम्रो शहर वातावरण मैत्री शहर को परिकल्पना गर्दै कार्यक्रममा वातावरण संरक्षणप्रति बालबालिकामा चेतना अभिवृद्धि गर्ने, सिर्जनशील क्षमता विकास गर्ने तथा स्वच्छ वातावरण निर्माणमा विद्यार्थीहरूको भूमिका सुदृढ गर्ने उद्देश्य रहेको आयोजक बागमती सेवा समाज का हाम्रोशहर परियोजना का संयोजज रजनिश कुमार सिंह ले बताउनु भयो ।
हरिवन नगरपालिका का बन तथा वातावरण शाखा प्रमुख सुवास कुश्वाहा को संचालन रहेको कार्यक्रममा सहभागी विद्यार्थीहरूले वातावरणीय समस्यालाई चित्रमार्फत प्रस्तुत गर्दै प्लास्टिकको प्रयोग घटाउन र वातावरणमैत्री व्यवहार अपनाउन सन्देश दिएका थिए। उत्कृष्ट चित्र बनाई प्रस्तुत गर्ने प्रतियोगी भाइ बहिनी हरूलाई मूल्याङ्कन गरी पुरस्कृत समेत गरिएको समाज कि समाज रुपान्तरण सहजकर्ता पुनम भट्टराई ले जानकारी दिनु भयो ।
प्रतियोगिता मा माहदेब जनता नमुना मा बि का अरुण रमौली मगर र ललित नारायण श्रेष्ठ को टिम प्रथम ,चतुर्भुजेश्वर जनता मा बि सुखेपोखरी का नुरि खातुन र सुमित दास को टिम दोस्रो तथा अर्किट बोडिङ्ग स्कुल कि स्वीकृति थापा को टिम तेस्रो तथा एन्जल बोडिङ्ग स्कुल कि आर्या मिश्रा को टिम ले सान्त्वना पुरस्कार हात पार्न सफल भएका हुन उनी हरुलाई सिल्ड मेडल तथा प्रमाण पत्र प्रदान गरि पुरस्कृत गरिएको आयोजक बागमती सेवा समाजकि अर्कि सहजकर्ता बिद्या पौडेल ले बताउनु भयो ।
हरेक बर्ष जुन ५मा मनाईने विश्व वातावरण दिवस आज सर्लाही सहित विश्वभर नै बिभिन्न संघ संस्था हरुले विभिन्न कार्यक्रम गर्दै दिवस मनाएका छन ।

समाज ले बिगत तीन दशक भन्दा लामो समय देखि सर्लाही सहित देश का ११जिल्ला मा विभिन्न सामाजिक बिकाश का साथै शिक्षा स्वास्थ्य सर सफाई ,खानेपानी, पुर्बाधार बिकाश का काम का साथै महिला सशक्तीकरण का कार्य संचालन गर्दै आएको छ ।





