चितवन। लायन्स क्लव अफ गीतानगरले बृक्षारोपण गरेको छ। भरतपुर महानगरपालिका वडा न ६ र १३को सिमाना लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटमा ६० भन्दा धेरै बृक्षारोपण गरिएको हो ।
लायन्सको बार्षिक कार्यक्रम अन्तर्गत बृक्षारोपण गरिएको क्लबका अध्यक्ष अशोक कोइरालाले बताउनु भयो । बृक्षारोपणका क्रममा मलेसियन साल, चिल्ली बकाइनो, रिठ्ठा, कल्की लगाएतका बिरुवा रोपिएको थियो।
Advertisement
कार्यक्रममा चितवन जिल्ला ३२५ ’बि टु नेपाल’ का प्रथम भिडिजि राम प्रसाद भट्ट, जिल्ला संयोजक गणेश ढकाल, दिनानाथ न्यौपाने, सिद्दलाल चुके,नवराज सापकोटा, खोमकान्त रेग्मी, माधव प्रसाद पौडेल, नारायण प्रसाद शर्मा, सस्थापक अध्यक्ष कमल प्रसाद श्रेष्ठ लगाएतको उपस्थिति थियो। कार्यक्रममा लायन का साथै लियोका सदस्यको समेत उपस्थिति थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




