चितवन । चितवनका युवाहरूले व्यावसायिक सयपत्री खेती शुरू गरेका छन् ।
लियो क्लब अफ चितवन पर्सा र युथ गर्ल्स क्लब खैरहनी १३ ले संयुक्त रूपमा व्यावसायिक सयपत्री खेती शुरू गरेका हुन् । ‘म अनि हामी उधमी’ भन्ने मुख्य नाराका साथ आम्दानीसंगै तालिम अनि रोजगार हुनु पर्दछ भन्दै युवा स्वोरोजगार कार्यक्रम अन्तर्गत साे फुल खेती गरेका छन् ।
कृषि क्षेत्रमा पनि अगाडि बढ्नका निम्ति उक्त्त क्लबहरूले जमिन ठेक्कामा लिगेर व्यावसायिक रुपमा सयपत्रि फुलकाे शुरूवात गरेका हुन् । मंगलबार १ कट्ठा १० धुर जमिनमा ११ सय सयपत्री फुलकाे बिरुवा राेपेका छन् । उनीहरू आम्दानीलाई सामाजिक सेवामा समेत लगाउने याेजनामा छन् ।
कृषि प्रदान देशमा कृषिका निम्ति हामी युवाले काम गरेर देखाउनु पर्छ भन्दै कार्य याेजना तयार पारेकाे सह–संयाेजक लियो प्रभात वाग्लेले बताए । यस योजनाका सल्लाहकार लियो जिल्ला परिषद ३२५ बि२, नेपालका जिल्ला अध्यक्ष लियो अन्जन चौधरी र जिल्ला निर्देशक लियो रुपेश भट्ट हुन ।




