चितवन । काेराेना कहरकाबीच यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सामग्री सहयोग गरेकाे छ । शनिवार भरतपुर १२ स्थित छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्यान्न सामग्री सहयोग गरेको ग्रुपका ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिए ।
उनका अनुसार छात्रावासलाई १५ हजार रूपैयाँ बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामग्रीहरु सहयोग गरिएको छ । ग्रुपका अध्यक्ष कृष्ण कार्कीले छात्रावासकी संरक्षक सावित्रा ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै ग्रुपका संरक्षक तथा भरतपुर अस्पताल अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना महामारीले निम्त्याएको संकटको समयमा गरिएको सहयोगका लागि आयोजकलाई धन्यवाद दिए । डा. अधिकारीले कोरोनाका कारण सम्पूर्ण गतिविधि ठप्प रहदा समस्यामा परेका यस्ता संस्थाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताए ।
ग्रुपका अध्यक्ष कृष्ण कार्कीले कोरोनाले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै छात्रावासलाई साे सहयोग गरिएको बताए । छात्रावासमा आश्रित बालिकाहरुलाई खाद्य अभाव नहोस् भन्ने उद्धेश्यका साथ सहयोग गरिएको उनले बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाए ।
क्लबका सल्लाहकार सुशील केसीले कोरोना र लकडाउनका कारण धेरै यस्ता संस्थाहरु समस्यामा परेको हुन सक्ने भन्दै सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे । छात्रावासमा २० जना बालिकाहरु आश्रित छन् ।
सामाजिक क्षेत्रमा समेत निकै सक्रिय यात्रा ग्रुप भरतपुरका युवाहरुको एक समुह हाे । यस ग्रुपले यसअघि नि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।




