चितवन । अहिले कोभिड – १९ को कारण थलिएर बसेको पर्यटन ब्यबसायलाइ प्रचार प्रसार गर्नको लागि “एक सपना साइकल र सफा नेपालको” अभियानले साइकल र्याली सम्पन्न गरेको छ।

पोखरा बसपार्कबाट सुरु भएको उक्त र्याली चौबीसकोठी , मंगलपुर, रामपुर,शारदानगर, चनाैली, पर्साढाप हुँदै मेघाैली वडा न २७ र २८ काे गाेलाघाट सम्म रहयाे।उक्त साइकल र्यालिमा २५ जना साइकल यात्रीको सहभागिता थियो।
साइकल यात्रीहरुलाइ मेघौलीमा रहेको साराङ वाइल्ड लाइफ रीसोर्टका प्रबन्धक निर्देशकले निशुल्क खाजाको ब्यबस्था गर्नु भएको थियो भने वडा न २७ का अध्यक्ष गोबिन्द तामाङको सम्योजनमा निशुल्क खानाको ब्यबस्था गरिएको थियो।उक्त कार्यक्रममा विभिन्न दलका प्रतिनिधी,होटेल ब्यबशायी तथा पर्यटन प्रबर्द्धनका सदस्यहरुको उपस्थीती थियो।
वडा न २७ का अध्यक्ष गोबिन्द तामाङले यो अभियानले चलाएको अभियानले आन्तरिक पर्यटनको प्रबर्द्धन गर्ने पुर्ण बिस्वासलिदै सबै साइकल यात्रीहरुलाइ धन्यबाद दिनुभएको थियो र अन्य समयमा पनि यो अभियानलाइ साथमा लिएर हिड्ने अठोट गर्नु भएको थियो।
तेस्तै गोलाघाट वडा न २८ का अध्यक्ष आश बहादुर कुमालले सबै साइकल यात्रीलाइ स्वागत गर्दै केही बेर तेहा रहेका प्राकृतिक सम्पदाको अबलोकन गराउनु भएको थियो।अध्यक्ष आश बहादुर कुमालले यस्तो किसिमको साइकल अभियानले नेपालका लुकेर बसेका रमणिय ठाउहरुलाइ नेपाली माझ र विश्व माझ लान सकिने बिश्वास गर्दै गोलाघाटको परिचय दिनु भएको थियो।
उक्त कार्यक्रममा सिनर्जी एफ एमका कार्यक्रम इन्चार्ज मनोज घिमिरेले उक्त ठाउको जानकारी लिनुभएको थियो।




