चितवन । पश्चिम चितवनको चनौलिमा ‘योग गरौं निरोग बनौँ’ भन्ने नाराका साथ योगा कक्षा सचांलन हुन लागेको छ ।
जिनियस मल्टिप्रपोज ईन्स्टिच्युटको आयोजनामा यही पुस २१ गतेबाट योगा कक्षा संचालन हुन लागेको हो ।
Advertisement
योगाको प्रशिक्षण योगि मणिरत्न सापकोटाले दिने छन् । योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई कक्षागत तहमा संचालन गर्न लागिएको उनले बताए ।
कतिपय व्यक्तिलाई योग गर्न पर्ने महसुस भएपनि त्यस किसिमको कक्षा कतै संचालन नहुदा योग गर्नबाट बञ्चित हुने गरेका छन् । त्यसैले यस किसिमको कक्षा सञ्चालनको आवश्यकता रहेको महशुस भएपछि योग कक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।उनका अनुसार योगामा सहभागी हुन इच्छुकले महिनाको ५ हजार रुपैयाँ दिनुपर्ने छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




