चितवन । भरतपुरको कोभिड १९ प्रयोगशालामा शुक्रबार र शनिबार ३१० जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार चितवनका १७ जना, नवलपुरका ५ जना र धादिङ्गका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये चितवनकै दुईजना चिकित्सकमा कोराना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये नवलपुरका एक ६३ वर्षीय महिला र ४ पुरुष २१, ३३, ३९ र ४० वर्षका रहेका छन् । यसैगरी कलेज अफ मेडिकल साइन्सेस, भरतपुरमा उपचारार्थ ६६ वर्षीय महिला र २५ वर्षका पुरुष रहेका छन् । नारायणी सामुदायिक अस्पताल, भरतपुरको आईसीयूमा उपचारार्थ ६८ वर्षीय पुरुष र धादिङका ३२ वर्षीय पुरुष रहेको अस्पतालले जानकारी दिएको छ ।
चितवनमा रहेका कोराना संक्रमित भरतपुर महानगरपालिका वडा नम्बर ६ र २१ को क्वारेन्टिनमा रहेका २० र २७ वर्षीय महिला र २९ र ४५ वर्षका पुरुष गरी ४ जनामा संक्रमण देखिएको छ भने भरतपुर महानगरपालिकाकै वडा नम्बर ४ को क्वारेन्टिनमा रहेका २१ वर्षीय महिला कोरोना संक्रमण देखिएको छ ।
चितवनमा देखिएका १७ जना कोरोना संक्रमितमध्ये निजी अस्पतालमा काम गर्ने २४ र ३८ वर्षका पुरुष चिकित्सक रहेका छन् । यस्तै दक्षिण पश्चिममा पर्ने माडी नगरपालिकाको क्वारेन्टिनमा वडा नम्बर ६ मा बसेका मध्ये १४ वर्षीय किशोरी र २०, २४, २८, ४१ र ४६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ७२ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल ती वृद्धा डिस्चार्ज भइसकेको अस्पतालले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिकाका थप ७ जनामा कोरोना संक्रमण
भरतपुर महानगरपालिकाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा ७ जनामा कोरोना भेटिएको भरतपुर अस्पतालले बताएको छ ।
पछिल्लोपटक संक्रमण पुष्टि हुनेमा भरतपुर वडा नम्बर २८ का १७ र ३५ वर्षीय किशोर र पुरुष, वडा नम्बर २० का २३ वर्षका एकजना पुरुष, वडा नम्बर २७ का १९ वर्षीया किशोरी, ३५ वर्षीय पुरुष, वडा नम्बर १९ का १९ वर्षीय किशोर र वडा नम्बर ११ को २३ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । उनीहरू सबै क्वारेन्टिनमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिए । योसँगै आज मात्रै चितवनमा ३० जनामा कोरोना पुष्टि भएको छ ।




