पोखरा। गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुष रहेका छन् ।
उनीहरूलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाईएकाे छ । त्यस्तै, म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई साेहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४६ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरि बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २१, २६ र २७ का ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका प्रवक्ता डा. विनाेद विन्दु शर्माले जानकारी दिए । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रयाेगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ सय ४४ पुगेको छ ।




