२१ औ शताब्दिका हामी छोरी तर अझै पनि हाम्रो परिवार भित्र एका दुई बाहेक छोरी जन्मिएकै कारण एक नारी हिंसा को सिकारको प्रमुख कारण हुने गरोको पाइन्छ। पेट्मा हुदा देखि नै परिवारले छोरी माथी भेदभाव गर्न सुरु गर्दै चित्तामा नजलुन्जेल विभेद कायम रहन्छ। माइती मा रहुन्जेल माइतिकै खट्नमा रहेकी छोरी बिवाह पछि फेरि नया परिवारको सस्कार र खट्नमा जानेपनी नजाने पनि, सकेपनी नसकेपनी आफुलाइ ढल्न कोसिस गर्दागर्दै जीवन सकिएको पत्तो पाउदिनन। बिवह अघि माइती बिवाह पछि घर्परिवर्मा श्रीमान त्यस्पछि बच्चा बच्चा पछि उस्को बिवाह अनि बुहारि गर्दै उस्को जिन्दगी उस्ले आफ्नो जिन्दगी जिउन बपाउदै चित्तामा पुग्छ उफ्फ सम्न गर्न नपाउदै कसरी जीवन सकिन्छ स्वयमलाइ पत्तो हुदैन। नेपाली ससकार अनुसार एक पट्क बिवाह भए पछि सात सात फेरोले सात जन्म उस्कै हो भन्ने अर्थ राखदछ चाहे त्यो सम्बन्ध बिचमा खरो तिक्तता नै किन नहोस।अर्को तर्फ बिवाह सेक्सको लागि यस्तो लिगल्ली अप्रुभल सस्था हो कि जहाँ 2 मा एक्लाइ अनुचित लाग्दापनी एकको खुसिको लागि मानिदिनु पर्छ मनै नभए पनि एकको खुसिकोलागि अर्कोले सहिदिनु पर्छ।यहाँ मात्र नहिलाको स्वाल होइन पुरुस म्यारिटियल सेक्सुयल ह्यार्यास्मेन्टमा परेको घट्ना पनि आउने गर्छन।नारी जस्तै ट्र्याप्मा परेका पुरुसहरुको काहानी पनि कम पिडादायी हुदैन उनिहरु आफुलाइ बाहेर एक्स्पोज गर्न रुचाउदैनन जस्कारण पनि एकिनन तथ्यांक आउन सकिरहेको छैन।
के नेपाली समाजमा महिला मात्र पिडित हुन त ? हुदैहोइन यहाँ पुरुस पनि पिडित छन तर महिलाको संख्या भन्दा कम ।सेभ द माइन्ड नामको सस्थाले गरेको एक सर्भेका अनुसार नेपालमा अशिक्षित या साअक्षर मात्र होइन शिक्षित नारी पनि उत्तिकै हिंसापिडित छन।सडक देखि सदन सम्म नारी पिडित भएकै छन।एउटि नारिले-बिवाह भएर बच्चा नहुन्जेल श्रीमानबाट माया सन्सारकि सबै भन्दा बिउटिफुल उनै हुन जस्तो आभास पाउछिन ।घुमघाम रोमान्स, सपना,प्लनिङ सबै हुन्छ, जब बच्चा जन्मिन्छ तब श्रीमतीको शारीरिक बनावट श्रीमानलाई शारीरिक भोग मा अशन्तुस्टी लाग्न सुरु हुन्छ। बच्चाको आमा बनेकी श्रीमतिको ध्यान बच्चामा बाडिन्छअनि सुरु हुन्छ काहानी घर घरकि एक मेडिकल रिसर्चले बताए अनुसार बच्चा जन्मिएपछि अधिकान्स नारीलाई सेक्स तर्फ त्यति चाह हुदैन जुन हर्मोनल कारण हुनसक्छ कत्तिपय श्रीमानले यो सबै बुझ्दा बुज्दै पनि बुझ पचाउने गर्दछन।केही केस बाहेकमा नर्मल बच्चा जन्माउने आमाहरुको सवालमा घरेलु हिंसा र श्रीमानको अबैध सम्बन्ध भएका घट्ना धेरै आएका हुन्छन।अझ कतिले त घरर्भित्रको कुरा भनेर धेरै हद सम्म सहेर बस्न बाध्य भएको पनि देखिन्छ।महिला मायाका लागि जन्मिएका हुन बुज्नकालागी होइन।तर मया त्यतिबेला सम्म कायम हुन्छ जतिबेला सम्म सारिरिक भोग्मा पुरुस संतुस्ट हुन्छ।यसरी हेर्दा महिला माथी बिवहपरी पनि यौन हिन्सा भैरहदा लाजले चुप बस्न बाध्य हुन्छन।त्यसो भए जस्तो भए पनि जिन्दगिभरी सधै सहेरै बस्ने त? एउटा परिवार खुसी जीवन बिताउनश्रीमती /श्रीनान दुबै जना खुसी हुन जरुरी छ।बल्ल परिवार खुसी रहन सक्छ।यदि दुई मधय एक सम्बन्धमा रहदा खुसी छैन भने सके सम्न सम्बन्ध बचाउन कोसिस गर्नुहोस।कसैगरी यो सम्बन्ध दिगो जादैन आफू सम्झौताले बधदा बाध्दै पनि किमार्थ खुसी रहनसक्दिन नो मोर भन्ने तपाइँलाई महसुस हुन थाल्यो भने त्यो सम्बन्ध त्यही पुणबिराम लगाएर बिट्मारिदिनुहोस अनि सुन्दर योजना नबिनतम सोच सहित नयजिबन नया उत्साहका साथ अगाडी बड्नुहोस। फलानोले के भन्ला मेरो इज्जात के होला? माइतिको के होला? पुरुस हुनुहुन्छ तपाईं भने परिवार समाजले के भन्ला?साथी संगीले क सोच्ला?सनाजको द्रुस्टी म प्रती कस्तो होला ? यी सबै कुरा तपाईंले कदपी बसोच्नुहोस ।यो तपाइको जिन्दगी हो ।कस्ले के भन्ला भनन्ने सोच्न लाग्नु भो भने कालान्तरमा तपाईं डिप्रेसन्को प्यासेन्ट नहुनुहोला भन्ने छैन।
जति समय समम सहयात्रा गर्दा दुबै खुसी हुनुहुन्थ्यो त्यति समय पछि जब दुबै बेखुसी हुनुहुन्छ भने सम्झौतामा छुट्टिएर एक्लै अगाडि बडेको बेस जस्लाइ समाज अनि परिवारले एक्दै सकरात्मक तवर्ले लिनु अनि सुझाउनु जरुरी छ।सम्बन्ध बिछेद्लाइ फाइदा काइदाको लागि प्रयोग्व्गरिनु हुदैन तर यदि जिन्दगी बर्बद गर्नु भन्दा डिप्रेसन हुनु भन्दा आत्माहत्याको बाटो रोज्नु भन्दा कयौं गुणा राम्रो सम्बन्ध बिच्छेदगरि एक्लै यात्रा तय गर्नु। कस्ले के भन्ला होइन ,तपाईं ढुक्क हुनुहोस तपाईंको सफलताले पहिला टाढिएका तपाइका आफ्न्त इस्ट मित्र सारा तपाईं सङै पछि फर्किने छन सोचौं त हामिले गलत निर्णय लिएर आफुलाई कम्जोर साबित गरि मार्दै गर्दा गलत कदम चाल्दै गर्दा सन्तानको भबिस्य के हुन्छ?गिट्टी कुटेर खाने आमाहरु मागेर श्रम गरेर एक्लै सन्तान हुर्काएर खुसी बनेकाहरुलाइ हेरेर आफ्नो निर्णय गरे सबैकोभलो हुन्छ।।तपाईं कदापी अरु भन्दा कम्जोर हुनुहुन्न।आत्माहत्या समस्या सामाधानको बाटो होइन ।तपाईं हिंसामा पर्नु भएको छ भने हुनुहुन्छ भने कृपया तपाइले आफ्नो सबै भन्दा नजिकको एक दमै बेस्ट साथी सङ सेयर गर्नुहोस या आफन्त /अधिकार कर्मि हरुलाइ जस्लाइ तपाईं बिस्वास गर्नुहुन्छ सेयर गर्नुहोस।यसरी सेयर गर्दा बाटो पहिल्याउन सहज हुन्छ।
लक डाउन यता लगभग थुप्रै आत्मा हत्याका घट्ना घाटेका छन । केही परिवार एक भएर जुट्दैछन त केही परिवार छुट्ने सङ्घारमा पनि छन। परिवार अन्तिम सम्म साथ रहन बिश्वासको खाचो हुन्छ जुन पछिल्लो पुस्ताको जोडिमा बिश्वासको कमि देखिन्छ।भर्चुअल दुनियामा रमाएको पुस्ताले सम्भन्धलाइ पनि भ्रर्चुअल बनाउदै गैरहेको छ।जस्कारण सम्बन्धहरु कम्जोर देखिन्छन।मैले सानो उदाहरण दिन चाहे चित्वनमा केही दिन अघि एउटा घट्ना घट्यो जुन आत्मा हत्याको थियो।जुन घट्नामा आत्मा हत्या गर्ने महिला मास्टर गरेकी पढाइमा तेज एउता प्रतिष्ठित बिध्यालयकि शिक्षक सरिता प्याकुरेल थिइन उनी मात्र 32 बर्सकी युवती थिइन ।उनका थुप्रै सपनाहरु थिए त्यसमध्य पनि काखका 2 छोरीलाई आफू जस्तो हिंसा भोग्न नपरोस भनेर राम्रो भबिस्य दिने सपना पहिलो प्राथमिकता माप्रथ्यो उनको।जस्कारण दिन रात घर अनि अध्यापन गराउने स्कुलमा श्रम सहितले सुन्दर सपना पूरा गर्न हर्दम मेहेनेत गर्दै बित्थ्यो दिन्हरु। लगभग १७/१८ बर्षको उमेरकोमेरको हुँदा सरिताले चितवनको एक प्रतिस्ठित कलेजका अध्यापक सङ उनको प्रेम बिवाह गरेकी थिइन। उनका साथीहरुको अनुसार सरिताका श्रीमानले उनलाइ कलेज समय देखिनै कसैसँग बोल्न हिड्न प्रतिबन्ध लगाएका थिय यद्दपी सरिता खुसिनै थिइन।प्रेम बिवाह गरेका कारण माइतिमा भने सरिता त्यति खुल्न नसकेको जस्तो देखेको साथिहरुले आभास गरेको बताउछन। ।उनी माथी क्रमशः हिंसा हुँदै गयो माइतीमा पनि उन्ले सङै बस्न नसक्ने भनिन तर माइतिले सम्झाएर पठायो तर सरिताले सहिन सहिन अन्तिम सम्म सहिन , छोरिको लागि सहिन माइतिको लागि सहिन शन्तान्को लागि सहिन, आफ्न्त अनि माइतिको लागि सहिन सारा दुनियाँलाई खुसी पार्न इज्जत राखन आफुलाइ मारेरै सहिन कालान्तरमा आफै सङ हारिन र दुनियाँ छाडिन।सरिता एउटा प्रतिनिधि घट्ना मात्र हुन यसरी कयौं सरिता मरिरहेका छन कति सरिता अझै भित्र भित्रै मर्दैछ्न जति सरिता अझै मर्नु पर्ने हो। सरिताले यो देशको कानुन्ले बिवह पश्चात् श्रीमानको सम्पतीको केही हिस्सा उनले प्राप्त गर्ने ब्य्स्बस्था भैदिएका भए? उन्ले आफै केही गर्न सक्ने थिइन। राज्यले महिलालाई बिवह अधि आमा बुवाको साथमा रहदा शिक्षा बिवह पश्चात् श्रीमान पट्टि वाट सम्पतिको ब्यबस्था गर्न सक्नु पर्थ्यो।यदि पहिलो श्रीमानबाट सम्पती लिए पछि अर्को बिवाह गरेमा पहिलो बाट लिएको सम्पति पहिलाकै श्रीमानलाइ फिर्ता गर्नुपर्ने ब्यबस्था कानुनमा लेखिएर ब्यबहार्मा ल्याउनु जरुरी देखिन्छ ।यसो गर्दा महिला एक्लै हुदा आफुलाइ आत्मानिर्भर गराउन सह्स्योग गर्दछ। जबसम्म राज्यले कठोर कानुन बनाउने मात्र नभै ब्यबहार्मा लागू गर्दैन हजार सरिताको हत्या आत्माहत्या भै रहन्छ।र रज्यले हत्यारा जन्माइ रहन्छ।




