हरिवन । सर्लाहीको हरिवन नगरपालिका का वडा हरु लाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने काम लाई अघि बढाएको छ ।
यसै बिच सोमबार नगरपालिका का दुई वटा वडा वडा नम्बर तीन र चार साबिक सासापुर गाबिस लाई सोमबार दुई छुट्टा छुटै कार्यक्रम गरि एक साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ अभियानअन्तर्गत घोषणा कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर तीन मा तीन नम्बर वडा का अध्यक्ष दिपमान लोप्चन र वडा नम्बर चार मा वडा अध्यक्ष केशब राज थापाको अध्यक्षता मा पुर्ण खोप घोषणा कार्यक्रम सम्पन्न गरिएको नगर स्वास्थ्य संयोजक रामबाबु चौधरी ले बताउनु भयो ।

घोषणा कार्यक्रम मा स्वास्थ्य संस्थाका कर्मचारी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको सहभागितामा आयोजित कार्यक्रममा पूर्ण खोप प्राप्त गरेका बालबालिकाको सुनिश्चितता गर्दै अभियानलाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले बालबालिकाको स्वास्थ्य संरक्षणका लागि नियमित खोप अत्यन्तै प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुनेमा जोड दिएका हरिवन नगर अस्पताल सासापुर का इन्चार्ज मोहन घिसिङ्ग ले बताउनु भयो ।

यसै बिच घोषणा कार्यक्रम का बक्ता हरुले समुदायस्तरमा जनचेतना अभिवृद्धि गरी शतप्रतिशत बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका हरिवन नगरपालिका वडा नम्बर तीन आधारभुत स्वास्थ्य चौकी का प्रमुख श्याम किशोर साह ले जानकारी दिनु भयो । घोषणा कार्यक्रम लाई प्रभावकारी बनाउन को लागि नगरपालिका ले केही महिना देखि सोध खोज र घोच अभियान लाइ तिब्रता का साथ संचालन गरेको थियो ।
सोमबार भएको घोषणा कार्यक्रम मा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय अगुवा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै आगामी दिनमा समेत खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो।

आयोजकका अनुसार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागीहरूले समुदायका सबै अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै नियमित खोप लगाउन समेत आग्रह गरेका छन्।




