लमजुङकाे एउटा माैजा मेराे दुराडाँडा ।
मध्य भाग्मा पर्दछ याे मानिदैन टाढा ।
पश्विममा पाेखरा छ पुर्ब राजधानी ।
नगिचै छन् मर्श्यङदी हामी भाग्य मानी ।
पाउदी र किरिन्चे छन् यस्को सिमनामा ।
सधैं हासिखुशी हुन्छिन् दुराडाडा आमा ।
दक्षिण पुर्व फर्किएको यो ओसिलो छैन ।
हावापानी पोसिलो छ यहाँ बाह्रै मना ।
अन्नपूर्ण लमजुङ हिमाल देख्छौ यहिबाट ।
सिमानामा पर्छ सानू सत्रसय फाँट ।
तुर्लुङकोट कालिका छन् दुराडाँडा शिरमा ।
लालीगुराँस फुल्छन् यहाँ जङ्गल र भिरमा ।
निरक्षर कोहि छैन साक्षर छन् सबै ।
केही हुन्न भन्छन् पहिलो शिक्षा नभै ।
भित्रीएको शिक्षा यहाँ प्रजातन्त्र सगैं ।
सबै पहिला यहि पढे अन्त कतै नगई ।
दुरदर्शि नेता थिए त्यो बेलाका हाम्रा ।
काम गरे सम्झियता उन्ले कति राम्रा ।
यो डाँडाको बिचमा पर्छ हाम्रो च्यानपाटा ।
बनेका छन् जता जाउँ मोटरका बाटा ।
बलेको छ बत्ती यहाँ कैले हुन्न खाँचो ।
पानी पनि घरघर भनेको हु साँचो ।
उब्जाउ हुने जमिन छ भित्र्याउछौ अन्न ।
कोहि भोको छैन यहाँ खाएका छौ टन्न ।
रसिलो छ गाउँ खेत मार्सि धान फल्छ ।
घरघरै राखेका छन् यहाँ नेट चल्छ ।
पातलिदै गएको छ डाँडो हिजोआज ।
स्वर्ग जस्तो ठाउँ थियोे भन्न पनि लाज ।




