युवा उपन्यासकार कवि एवं गीतकार हरि बस्ताकोटीले “सुन्कै थाली” सार्बजनिक गरेका छन । बहुप्रतीक्षित उनको यो गीत उनका कालजयी गीतहरूको संग्रह “तस्बिर” एल्बमा समावेश छ । सुगम संगीतको मूलधारमा निरन्तर कलम चलाईरहेका गीतकार बस्ताकोटी उच्चकोटीका स्तरीय गीत लेख्ने गीतकार मानिन्छन ।
उनका “तिमीलाई पाउन मन्दिर धाएँ” “आंखामा कुनै सपना छैन”, “अमृत भनी बिष पिलायौ”, “पसिनाले भिजेको छ उसको वर्दी टोपी” “सुन्कै थाली” लगाएत एक दर्जन भिडियो सार्बजनिक छन । त्यसो त उनी नेपालका एक प्रखर कवि एवं उपन्यासकार पनि हुन । बुलिंटारले जन्माएको यि राष्ट्रीय प्रतिभाले बिगत २० बर्षदेखि निरन्तर कलम चलाउंदै सुगम संगीत अनि नेपाली भाषा र समकालीन साहित्यलाई आफ्ना शक्तिशाली प्रेमिल शब्द मार्फत उर्बर बनाएका छन ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




